१८ बैशाख २०८१, मंगलवार

राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्छौँः विपक्षी गठबन्धन

Bipakchhi1621591775 1024x556 1

विपक्षी गठबन्धनले संसद विघटनलाई लिएर राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।

नयाँ बानेश्वरमा बसेको गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने निर्णय गरेको हो । बैठक पश्चात नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र–बाबुराम समूह) र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छ। विज्ञप्तीमा भनिएको छ–‘प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक, अलोकतान्त्रिक, स्वेच्छाचारी, निरंकुश र प्रतिगमनकारी कार्यको घोर भत्र्सना गर्दछौं । यस कार्यविरुद्ध एकजुट भई राजनीतिक र कानुनी रुपमा शसक्त किसिमले प्रतिवाद गर्न हामी कटिवद्ध छौँ ।’

बैठक पश्चात संचारकर्मीहरुसंग छोटो प्रतिक्रिया दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडकबाट पनि त्यसको प्रतिरोध हुने र सर्वोच्च अदालमा पनि रिट दिने बताए। उनले बहुमत सदस्य १४९ जनाकै हस्ताक्षरसहित रिट हाल्ने बताए ।

Bigyapti