१८ बैशाख २०८१, मंगलवार

जनताले कसैलाई भ्रष्टाचार गर्न सत्तामा पुर्‍याइएको होइन : प्रधानमन्त्री ओली

kp oli 1

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन्।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार गरोस् भनेर कसैलाई सत्तामा स्थान नदिइएको बताएका छन् । स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार नहेर्ने भन्दै उनले कसैलाई भ्रष्टाचार गर्ने छुट नभएको बताएका हुन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन गर्दै प्रधानमन्त्री ओलीले सुशासनका लागि जस्तोसुकै कदम चाल्न पनि आफू पछि नपर्ने बताए ।

ओलीले भने, ‘हामी यस्तो प्रणाली भित्र छौँ की कहाँ कसरी शासक शासनमा गयो। जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुट गरोस् भनेर नभएको भन्दै ओलीले भने, कसैलाई रुलिङ पोजिसनमा पुर्‍याउनुको अर्थ लुटिङ फ्यासलिटी प्राप्त भयो भनिएको होइन् ।

उनले अहिले विकासका लागि उपयुक्त समय र वातावरण भएकाले कसैलाई पनि लुटको सुविधा नभएको बताए ।

ओलीले यही चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भने, ‘मलाई त्यसको चिन्ता छैन। प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन्, एउटा सिस्टम बसाउने हो। हजार वर्ष कसैले पनि रुल गर्दैन। जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन्।’

प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने भन्दै आफूलाई पदको चिन्ता नभएको बताए । उनले आफू प्रधानमन्त्री भएकावेला सिस्टम बसाउन खोजेको बताए ।