
पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दिल्ली भ्रमणमा निस्केका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रामा भारत प्रस्थान गरेका छन्। आइतबार साँझ नेपाल एयरलाइन्सको विमानबाट शाह दम्पत्ति दिल्ली निस्केका हुन् ।
उनी दिल्लीबाट पञ्जावको अमृतसरस्थित शिखहरुको पवित्र तिर्थस्थलमा दर्शनका लागि उनीहरु त्यसतर्फ प्रस्थान गर्ने निर्मल निवास सचिवालयले बतायो।
भ्रमण टोलीमा उनकी बहिनी शोभा शाही तथा मोहनबहादुर शाही र केही अन्य निकटका नातेदार पनि छन्।
गोल्डेन टेम्पल दर्शनपछि पुनः दिल्ली फर्कने र केही दिन त्यहाँ बिताएर करिब दुई सातापछि पूर्व राजा नेपाल फर्कने स्रोतले बतायो।
पूर्व राजा केही दिनअघिमात्र सिक्किमबाट स्वदेश फर्किएका थिए ।