१८ बैशाख २०८१, मंगलवार

काठमाडौँ महानगरपालिकाले भीड हुने ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्ने

public toilet kathmandu

हाल कामपामा ५८ सार्वजनिक शौचालय सञ्चालनमा छन् । सञ्चालमा रहेकामध्ये २८ प्रयोगमा रहेको र तीनमा पनि सरसफाइको अभाव छ । नेपाल आयल निगम, कर्मचारी सञ्चयकोष, खाद्यसंस्थान, सांस्कृतिक संस्थान, गुठी, त्रिभुवन विश्वविद्यालयलगायतका संस्थासँग सहकार्य गरी सार्वजनिक शौचालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ ।

नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने कामपाको उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख श्रेष्ठलाई जिम्मेवारी दिएको थियो ।

अध्ययनअनुसार सार्वजनिक शौचालय निर्माणको लागि आवश्यक स्थानमा टेकु, सानेपा पुलसँगै, कालीमाटी, कलङ्की, सीतापाइला, बालाजू, माछापोखरी, गोङ्गबु, प्रहरीचौकी, महाराजगञ्ज, सुकेधारा, चाबहिल, मित्रपार्क, जयबागेश्वरी, गौशाला, तिनकुने, कोटेश्वर, नयाँबानेश्वर, बबरमहल, थापाथली, त्रिपुरेश्वर, सुन्धारा एनएसीतर्फ, जुद्ध शालिक वरपर, हनुमानढोका, जमल, लैनचौर, स्रोह्रखुट्टे र पेट्रोलपम्पमा, बल्खु तथा कुलेश्वरलगायत स्थान रहेको छ ।

    सम्बन्धित समाचार...