नेपाली मोडलिङ क्षेत्रमा उदाउदै सन्ध्या पौडेल
अतरिया कैलाली घर भई हाल काठमाडौमा बस्दै आएकी सन्ध्या पौडेल मोडलिङमा उदाउदै गरेकी नेपाली मोडेल हुन्।
उनले नेपाली मोडेलिङ्ग क्षेत्रमा राम्रो स्थान हासिल गरेकी छन । कलाकारिता क्षेत्रमा प्रवेश गरेको छोटो समयमै सन्ध्या चर्चाको शिखरमा पुग्न सफल भएकी छन् । सानै उमेर देखि कलाकारिता क्षेत्रमा रुची राखेकी सन्धयाले बाल्यकाल भने अतरियामा बितेको हो । सन्धयाले करिब चार दर्जन म्युजिक भिडियोमा काम गरिसकेकी छन् ।
यस क्षेत्रमा निरन्तर रही ४ बर्ष बढिको लामो संघर्ष देखि नेपाली चलचित्र क्षेत्रमा लगेकी सन्ध्या २५ बर्षमा पाइला टेकेकी चटक्क परेकी , हेर्दा आकर्षक र अनुशासित सन्ध्याको अभिनय क्षमताको जती तारिफ गरेपनी कमनै हुन्छ ।
सिने क्षेत्रमा भन्दा पनि उनि नेपालमा मोडेलकै उपनामले परिचित छिन् । उनि विभिन्न र्याम्प वकमा सहभागिता जनाइसकेकी छिन् ।उनि इन्स्टाग्राम मा पनि उतिकै लोकप्रिय छिन ।
उनले नेपाली चलचित्र तुरुपमा आइटम डान्सरको भूमिका निर्बाह गरेकी छन् । कलाकारिता क्षेत्रमा केहि गर्ने अठोटका साथ काठमाण्डौ आएकी सन्धया छोटो समयमा कलाकारिता क्षेत्रमा स्थापित हुन सफल भएकी छन् ।
आफनो अभिनयबाट लाखौ भन्दा बढी दर्शकहरुको मुटुमा बस्न सफल कलाकार सन्ध्या भन्छिन ” नेपाली चलचित्र क्षेत्रमा आगामी दिनमा आफुलाई चित्त बुझ्ने खाले कुनै पनि सिरियल, फिल्म तथा म्युजिक भिडियोको अफर आयो भने म गर्न तयार छु” । नेपाली चलचित्र क्षेत्र साथै मोडलिङमा समेत उतिकै सकृय रहने चाहना व्यक्त गरिन ।