२३ बैशाख २०८१, आईतवार

कोरोनाका कारण प्रदर्शन हुन नसकेका नेपाली फिल्म

collage 1 scaled

‘कोभिड–१९’ का कारण नेपाली फिल्मका लागि २०२० सर्वाधिक घाटाको वर्ष बन्यो। प्रदर्शनका लागि मिति घोषणा गरिएका फिल्म हल खुलेको लामोसम्म पनि गतिलो गरि सञ्चालनमा आउन सकेका छैनन् भने प्रदर्शनमा आएकालेपनि कुनै आश जगाउने काम गरेनन् ।

अभिनेता अनमोल केसी र प्रदीप खड्काको अभियनमा २०७६ सालमा एउटा पनि फिल्म चलेनन् । महँगा हिरो मानिएका यी दुवैको नयाँ फिल्म २०७७ सालमा आउने भनिएता पनि अहिलेसम्म कुनै छाँटकाँछ छैन ।

२०७७ सालमा कोरोनाका कारण गत पुष १० गते शिव श्रेष्ठको फिल्म ‘यस्तो एउटा प्रेम कहानी ’ प्रदर्शनमा आयो । त्यसपछि यहि फागुन २१ गते ‘गोर्खे’ प्रदर्शनको तयारीमा छ । केहि फिल्मको प्रदर्शनको मिति घोषणा भइरहेको छ ।

प्रेमगीत ३
प्रदीपको नयाँ चलचित्र प्रेमगीत ३ चैतको अन्तिम सातामा आउने भनिए पनि विश्वव्यापी फैलिएको कोरोना संक्रमणका कारण यो चलचित्र आउन सकेन । सन्तोष सेन निर्मित निर्देशित यो फिल्म २ सय वर्ष पुरानो प्रेम कथामा आधारित रहेको बताइएको छ । जसमा प्रदीप खड्कासँगै क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापासहितको मुख्य भूमिका छ ।

म यस्तो गीत गाउँछु २
निर्देशक सुदर्शन थापाले ‘म यस्तो गीत गाउँछु’ को सफलतापछि यो फिल्मको प्रिक्वेलका रूपमा म यस्तो गीत गाउँछु २’ निर्माण गरेको छन् । यो फिल्म पनि कोरोना संक्रमण महामारीका कारण त्यो मितिमा आउन सकेन । पूर्ण प्रेम कथामा आधारित यो फिल्ममा पल शाह, पूजा शर्मा, गणेश गिरीसहितको मुख्य भूमिका छ ।

चपली हाइट ३
फिल्म ‘चपली हाइट ३’ पनि कोरोना संक्रमणका कारण हुन नसकेको फिल्म मा निर्माता अर्जुन कुमारले बताएका छन् । यो फिल्म एक्सन, थ्रिल लभस्टोरीमा आधारित रहेको छ । जसलाई निकेश खड्काले निर्देशन गरेका हुन् । चपली हाइटको यो तेस्रो शृंखला हो । जसमा स्वस्तिमा खड्का सुपुष्पा भट्ट, महेश त्रिपाठी, आमिर गौतमसहितको मुख्य भूमिका रहेको छ ।

ए मेरो हजुर ४
ए मेरो हजुरका विगतका शृंखलाजस्तै यो पनि प्रेम कथामा आधारित रहेको छ । यो फिल्म निर्माता सुनिलकुमार थापाको छ । फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोना बस्नेतसहितको मुख्य भूमिका छ ।

लक्का जवान
यो हास्यप्रधान चलचित्र हो । यसलाई कलाकार शिवहरि पौडेलले निर्देशन गरेका हुन् । मानिसहरू जति उमेर ढल्कँदै गयो उनी लक्का जवान देखिन खोज्न भन्ने सन्देश यो फिल्मले बोकेको छ । जसमा दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत, शिवहरि पौडेल, किरण केसी, सरोज खनाल, राजाराम पौडेलसहितको मुख्य भूमिका छ ।

हिजोआजका कुरा
हास्य अभिनेता सन्तोष पन्तको एक समयको चर्चित हास्य टेली शृंखला हिजोआजका कुरा रिलिजको छ । साकार पन्तले निर्देशन गरेको यो फिल्म पनि हास्यप्रधान जनरामा साकारसहित सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मालगायतको मुख्य भूमिका छ ।

नीरफूल
दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म नीरफूललाई सञ्चारकर्मी फूलमान बलले निर्देशन गरेका हुन् । २०७२ सालको विनाशकारी भूकम्पले घर गुमाएपछि छिन्न भिन्न भएका परिवारको पीडामा यो फिल्म केन्द्रित छ । फिल्ममा दयाहाङ राई, बुद्धि तामाङ, रेखा थापा, शान्ति वाइबा, जिग्मे छ्योइकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरिता गिरी, सरोज अर्याल, कृष्णभक्त महर्जन, रोशन फ्युबा लगायतको अभिनय छ ।

माइकल अधिकारी
फिल्म माइकल अधिकारी सेरोगेसी (गर्व भाडामा लिएर बच्चा जन्माउने) कथामा यो फिल्म आधारित छ । गोपीकृष्ण मुभिजको ब्यानरमा निर्मित यो फिल्म सामाजिक विषयमा आधारित रहेको यसका निर्माता निरक पौडेल छन् । माइकल अधिकारीलाई रञ्जित रौनियारले निर्देशन गरेका हुन् । जसमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

सम्हालिन्छ कहिले मन
निर्देशक सुदर्शन थापाको फिल्म ‘सम्हालिन्छ कहिले मन’ पनि रिलिजको तयारीमा रहेको छ। तर, कहिले प्रदर्शन हुने मितितय गरिएको छैन ।बेलायतमा छायांकन गरिएको यो चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको छ । यो फिल्ममा पूजा शर्मा, आकाश श्रेष्ठ, सोनाम तोप्देनसहितको मुख्य भूमिका छ । फिल्मको निर्माण सम्पन्न भएर प्रदर्शनका लागि तयारी अवस्थामा रहेको छ ।

पानीफोटो
अभिनेता खगेन्द्र लामिछानेको ‘ पानीफोटो’ पनि रिलिज को तयारीमा रहेको छ। निर्देशन आफैं गरेका लामिछाने भूमिकामा छन् । पानीफोटोमा खगेन्द्रसँगै अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, बुद्धि तामाङ, कमलमणि नेपाल, श्यामकुमार खड्कासहितको अभिनय रहेको छ ।

मेराेफिल्म