१८ बैशाख २०८१, मंगलवार

भारतीय अभिनेता सन्दीप नाहरले श्रीमती र सासुआमाले ब्ल्याकमेल गरेको भन्दै गरे आत्महत्या

sandeep nahar

भारतीय अभिनेता सन्दीप नाहरले मंगलवार मुम्बईको गोरेगाउँमा आत्महत्या गरेका छन् ।

नाहरले सामाजिक सञ्जाल फेसबुकमा सुसाइट नाेट लेख्दै आत्महत्या गरेका छन् । फेसबुक पोस्टमा नाहरले आफ्नी श्रीमती र सासुआमाले कठोर हिंसा र ब्ल्याकमेल गरेको आरोप लगाएका छन्

उनले आत्महत्या भन्दा पहिला ९ मिनेटको भिडियो सोसल मिडियामा शेयर गरेका थिए । र सुसाइड नोट पोस्ट गरेका थिए ।

यसमा उनले श्रीमती माथि गम्भीर आरोप लगाएका थिए । अहिलेसम्म उनले कसरी आत्महत्या गरे भन्ने पत्ता लागेको छैन ।

अक्षय कुमारको केसरी, एमएस धोनी बायोपिक लगायतमा अभिनय गरेका नाहरले फेसबुकमा सोमबार लामो स्ट्याटस र भिडियो पोस्ट गरेको केही घण्टापछि आत्महत्या गरेका हुन् ।

https://www.facebook.com/plugins/video.php?height=476&href=https%3A%2F%2Fwww.facebook.com%2FOfficialPageWhatsappConfessions%2Fvideos%2F1165750770536165%2F&show_text=true&width=264