१८ बैशाख २०८१, मंगलवार

सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका ११ होटल तथा रेष्टुरेन्टमा स्तरोन्नतिको स्टिकर टाँस

unnamed 2

सिरहाको मिर्चैया नगरपालिका क्षेत्रका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरिएको छ । खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराजले मिर्चैयाका ११ होटल तथा रेष्टुरेन्टलाई खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस गरेको हो ।

मिर्चैया नगरपालिकाका उपप्रमुख जिवछीदेवी साहको नेतृत्वमा मिर्चैयास्थित ११ होटल तथा रेष्टुरेन्टको अनुगमनपश्चात स्तरीकरणको स्टिकर टाँस गरेको खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन राजविराज सप्तरीका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिनुभयो ।

अनुगमनका क्रममा एउटा होटललाई उत्तम वर्ग (ख) वर्गको स्टिकर टाँस गरिएको छ भने नौ होटल तथा रेष्टुरेन्टलाई सन्तोषजन वर्ग (ग) र एउटा होटललाई सामान्य वर्ग (घ) वर्गको स्टिकर टाँस गरेको प्रमुख सिंहले बताउनुभयो । ती होटल र रेष्टुरेन्टका सञ्चालकलाई यसअघि खाद्य स्वच्छता र सरसफाइबारे आवश्यक तालिमसमेत दिएको थियो ।

सोहीअनुसार होटल तथा रेष्टुरेन्ट सञ्चालकले खाद्य स्वच्छता र सरसफाइ व्यवहारमा लागू गरे÷नगरेको जाँच गरेर स्तरीकरणको स्टिकर टाँस गरिएको प्रमुख सिंहको भनाइ छ । खाद्य स्वच्छता, सरसफाइ, भान्साघर, फोहरमैला व्यवस्थापनलगायतका विषयको स्थलगत अनुगमनपश्चात तत्कालै स्तरीकरणको स्टिकर टाँस गर्दै प्रमाणपत्रसमेत उपलब्ध गराएको प्रमुख सिंहले बताउनुभयो ।

विभिन्न चार किसिमको स्तरीकरण कायम गरिएकामा ९० भन्दा बढी अङ्क ल्याउने होटल र रेष्टुरेन्टलाई अतिउत्तम (क) तथा ८० देखि ९० सम्म अङ्क ल्याउनेलाई उत्तम श्रेणी (ख), ६५ देखि ७९ अङ्कसम्म ल्याउनेलाई सन्तोषजनक (ग) र ५० देखि ६४ अङ्क ल्याउनेलाई समान्य वर्ग (घ) गरी वर्गीकरण गरेर सोहीअनुसार होटल तथा रेष्टुरेन्टमा स्टिकर टाँसिएको छ ।

सामान्य स्टिकर पाएका होटल र रेष्टुरेन्टले छ महिनामा पनि सुधार नगरे स्तरीकरण लोगो खारेज गर्नुका साथै अन्य कारवाही प्रक्रिया अघि बढाइने निर्णय भएको प्रमुख सिंहले बताउनुभयो । अनुगमन तथा स्तरोन्नति टोलीमा होटल व्यवसायी सङ्घका केन्द्रीय सदस्य रामकुमार गुप्ता, मिर्चैया उद्योग वाणिज्य सङ्घका सचिव भरत महासेठ, राष्ट्रिय उपभोक्ता मञ्च सिरहाका अध्यक्ष रामानन्द गुप्तालगायतको सहभागिता थियो ।

मिस्टर एण्ड मिस सिरहा २०२१ को ताज चिराग र बन्जितालाई

मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ मा मिस्टर सिरहाको उपाधि चिराग शर्मा र मिस सिरहा उपाधि बन्जिता यादवले हात पारेका छन् । यस्तै लिटल मिस्टर सिरहा सारंस साह भएका छन् । सिरहाको लहानस्थित पशुपति सिनेमा हलमा सम्पन्न मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फाइनलमा आफ्ना १० प्रतिद्वन्द्वीलाई पछि पार्दै शर्माले मिस्टर सिरहाको उपाधि प्राप्त गर्दा बन्जिताले आफ्ना छ प्रतिद्वन्द्वीलाई पछि पारेर मिस सिरहाको ताज चुम्न सफल भएका हुन् ।

पी प्रोडक्शन नेपाल प्रालिको आयोजनामा सञ्चालन भएको “मिस्टर एण्ड मिस सिरहा आइकन २०२१ को फाइनलमा सात युवती र ११ युवा गरी १८ प्रतियोगीले प्रतिस्पर्धा गरेका थिए । मिस सिरहाको उपाधि जितेकी बन्जितालाई मिस ग्रान्ड नेपाल–२०१९ निशा पाठकले र मिस्टर सिरहा चिरागलाई कोरियोग्राफर प्रशान्त साहले ताज लगाउनुभयो । सो अवसरमा मिस र मिस्टर सिरहालाई रु १५÷१५ हजार नगद, मोडिलिङ एग्रिमेन्ट, म्युजिक भिडियो गर्ने मौका, विभिन्न तालिमको अवसर प्रदान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फस्ट रनरअप रोमन परियार र रितिका शर्मा भएका छन् भने सेकेन्ड रनरअप दीपक रोय र पूर्णिमा यादव, मिस्टर टेन शुसान्त साह, भिउवर च्वाइस रीतिका शर्मा, अर्गनाइजर च्वाइस विनर जिवछ पासवान भएको आयोजकले जनाएको छ ।