१८ बैशाख २०८१, मंगलवार

चर्चित फिल्म ‘जोकर’का अभिनेता जोक्विन पक्राउ

joker movie

केही समय पहिले मात्र गोल्डन ग्लोब्स अवार्डमा अभिनेता जोक्विन फोनिक्सको फिल्म ‘जोकर’ले थुप्रै अवार्ड हात पारेको थियो । यद्यपी अवार्ड जित्नुभन्दा पनि बढी जोक्विनको भाषणले चर्चा कमाएको थियो ।

उनले ग्लोबल वार्मिङ र अष्ट्रेलियाको आगोको बारेमा बोलेका थिए । हलिउडका चर्चित कलाकार जेन फोन्डाद्वारा शुरु गरिएको जलवायु परिवर्तनको विरोध प्रदर्शनमा भाग लिनका लागि गोल्डन ग्लोब्स अवार्ड विजेता जोक्विन फोनिक्स पनि पुगेका थिए तर उनलाई प्रहरीले पक्राउ गरेको छ । जोक्विनले प्रोटेस्टमा सहभागी भएका ३०० मानिसहरुलाई सम्बोधन पनि गरेका थिए ।

सीएनएनको रिपोर्ट अनुसार यो हप्ता विरोध प्रदर्शनबाट १४७ मानिसहरुलाई पक्राउ गरिएको छ भने उनीहरु सबैलाई भिडभाड गरेको तथा बाधा पुर्याएको आरोप पनि लगाइएको छ । एजेन्सी

    सम्बन्धित समाचार...