१८ बैशाख २०८१, मंगलवार

बहराइनमा कार्यरत नेपालीलाई कोरोना भाइरसको खोप निःशुल्क

vaccine 1
सांकेतिक तस्विर

बहराइनका लागि नेपाली राजदूतावासले कोरोना भाइरसबाट बच्नका लागि माक्स प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न लगायत स्वास्थ्य मापदण्ड पालना गरी सामाजिक उत्तर दायित्व बहन गर्न अनुरोध गरेको छ ।

मनामा स्थित राजदूतावासले आइतबार विज्ञप्ति जारी गरी बहराइन अधिराज्य सरकारले बहराइनी नागरिक सरह त्यहाँ कार्यरत नेपाली लगायत सबैको हितका लागि कोरोना भाइरसको खोप निःशुल्क उपलब्ध गराएकोमा धन्यवाद समेत व्यक्त गरेको छ ।

“बहराइन सरकारले खोप कार्यक्रममा सहभागी भइनसकेकालाई नाम दर्ता गराउन बारम्बार आग्रह गरेका तर्फ राजदूतावास यहाँ रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।

बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले खोपको दुवै मात्रा लिइसक्नुभएको र उहाँमा स्वास्थ्य सम्बन्धी कुनै जटिलता महसुस नभएको समेत दूतावासले जनाएको छ ।