२६ बैशाख २०८२, शुक्रबार

नेकपाको स्थायी कमिटी बैठक बस्दै, प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी

cpn

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।

आइतवार बिहान बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेपछि नेकपाभित्रको विवाद थप जटिल मोडमा पुगेको छ ।

नेकपाले पार्टीका एक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी थालेको छ। स्थायी कमिटी बैठकका लागि नेताहरू बालुवाटारमा जम्मा भइरहेका छन् ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन्।

ओलीको उक्त कमदप्रति विरोध गर्दै नेकपाका प्रचण्ड–नेपाल समूहका नेताहरु छलफलमा जुटेका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहित छलफलमा जुटेका नेताहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका छन् ।

आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। बैठकमा ओली भने सहभागि नहुने अडानमा छन्।

तर, सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

अहिले नेकपाको प्रचण्ड-नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। आधिकारिक धारणा भने छलफलपछि नै सार्वजनिक गरिने भएको छ ।

पार्टीभित्र सहमतिको प्रयास भइरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।