१८ बैशाख २०८१, मंगलवार

‘दाल भात तरकारी’ लाई युट्यवमा गाली

dal bhat tarkari nepali film

हालै युट्युवमा रिलिज गरिएको फिल्म ‘दाल भात तरकारी’ लाई युटुवकर्ताले सहनै नसक्ने गरि गाली बर्साएका छन्। युटुबमा सार्वजनिक भएको एक सातामा नेपालको युटुवमा नम्बर २ ट्रेन्डिङमा परको फिल्मलाई कमेन्टकर्ताले फिल्म गतिलो नभएको प्रतिक्रिया दिएपछि कमेन्ट गर्ने बक्स नै बन्द गर्नु परेको छ।

चलेका कलाकारले निर्माण गरेको फिल्मले समिक्षात्मक हिसावले पनि कमजोर मानिएको थियो। गत वर्ष हलमा रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ले लगानी भने सुरक्षित गरेको थियो।

फिल्मलाई सुदन केसीले निर्देशन गरेका थिए भने हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, किरण केसी, आँचल शर्मा, वर्षा राउत लगायतका कलाकारहरुले फिल्ममा अभिनय गरेका छन्। फिल्मलाई कलाकार किरण केसीले निर्माण गरेका हुन् ।

    सम्बन्धित समाचार...