१८ बैशाख २०८१, मंगलवार

मालपोतका नासु घुस लिँदालिँदै पक्राउ

malpot aadhikrit pakrau kavre e1574306825831

मालपोत कार्यालय काभ्रेमा कार्यरत नायब सुब्बा रोसकाजी जस्पाउ २० हजार घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग घुस लिँदै गर्दा उनलाई अख्तियारको एक टोलीले पक्राउ गरेको हो ।

बनेपा ९ घर भई विगत ११ वर्षदेखि सोही कार्यलयमा कार्यरत उनले पटक पटक सेवाग्राहीसँग घुस लेनदेन गर्दै आएको अख्तियारले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान हुँदै गरेको बताइएको छ ।

    सम्बन्धित समाचार...