
“धर्ती माँ” शीर्षक दिइएको सलमान खानको ईन्स्टाग्रामको फोटो निकै भाइरल भएको छ ।
तस्विरमा सलमान बारीमा काम गरेको देख्न सकिन्छ । लकडाउनको समय आफ्नो फार्ममा बलिवूड हस्तिहरु संग बिताएका सलमानले सोही बेला खेती गरेको भिडियो र फोटोहरु राखेका थिए ।
आफ्नो फार्म हाउसमा भएको बेला उनले ट्र्याक्टर चलाउने, खेतमा धान रोप्ने र अन्य कृषी सम्बन्धी काम गरेका थिए । लकडाउनकै बेला पनि उनको फोटो र भिडियो निकै रुचाइएको थियो हाल भारत्मा भैरहेको किसान आन्दोलनले उनको फोटो फेरी भाइरल बनाइदिएको छ ।
