१८ बैशाख २०८१, मंगलवार

सिरहामा कोरोनाबाट एक पुरुषको मृत्यु

corona death

कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएकामा उनीको सोही अस्पतालमा पिसिआर परीक्षण गर्दा गत बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमण भएपछि उपचार हुँदाहुँदै गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनुभयो । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ ।

लागुऔषधसहित दुई युवक पक्राउ

प्रतिबन्धित लागुऔषधसहित सशस्त्र प्रहरीले सिरहा नगरपालिका– १७ स्थित दशगजा क्षेत्रबाट दुई युवकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा सिरहाको नरहा गाउँपालिका– ३ निवासी ३२ वर्षीय मो रहसुन र कर्जन्हा नगरपालिका– ४ निवासी २० वर्षीय राकेशकुमार शर्मा रहेका छन् ।

भारतीय बजार तर्फबाट आइरहेका दुवै जनालाई शङ्का लागेर जाँच गर्दा शरीरमा लुकाइछिपाइ ल्याइरहेको लागुऔषध नाइट्रोभेट ट्याब्लेट ३० पत्ता बरामद भएपछि पक्राउ गरिएको सशस्त्र प्रहरी सीमासुरक्षा बल माडरका सशस्त्र प्रहरी निरीक्षक अर्जुन कुँवरले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय माडरमा बुझाइने उहाँले बताउनुभयो ।