
परम्परागत रुपमा रहँदै आएको संस्कृतिलाई जगेर्ना गर्न थिमिका युवाहरुले धिमे प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छन्।
मध्यपुर थिमि वडा नं ५ पोबुका स्थानिय युवाहरुले आफ्नो परम्परागत धिमे तालहरु जोगाउन प्रशिक्षण कार्यक्रम सन्चालन गरेको एक प्रशिक्षार्थी राशुल भासिमाले बताउनुभयो। परम्परागत तालहरु हराएर जाने अनि आफ्नो संस्कृतिलाई पनि निरन्तरता दिन पनि यो प्रशिक्षण कार्यक्रम सन्चालन गरेको प्रशिक्षक तथा गुरु ईन्द्रकुमार भासिमाले बताउनुभयो।
बिगत एक वर्ष देखिको नियमित प्रशिक्षण पस्चात हिजो स्थानीय नित्यनाथ मन्दिर अगाडि आफ्नो प्रस्तुति देखाई कार्यक्रम समापन गरिएको थियो।
