१८ बैशाख २०८१, मंगलवार

अब कोभिड-१९ को परीक्षण एन्टिजेनबाट पनि

pcr test

सरकारले अब कोरोना भाइरस (कोभिड—१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ ।

राष्ट्रिय कोभिड—१९ परीक्षण मापदण्ड २०७६ लाई संशोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एन्टिजेन विधिबाट कोभिड—१९ को परीक्षण गर्न थालेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

उहाँले यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल परिमार्जन समेत गर्नेछ ।

रिएजेन्ट परीक्षणको रिर्पोट पोजेटिभ आएका काठमाडौँ उपत्यकाको हकमा इपिडिमियोलेजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, सम्बन्धित कार्यालय र व्यक्तिलाई तथा नेगेटिभ रिर्पोट आएमा सम्बन्धित व्यक्तिलाई दिनुपर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार कोभिड—१९ एन्टिजेन परीक्षणका लागि एफडिए युएई मान्यता प्राप्त किट र स्वास्थ्य सेवा विभागबाट मान्यता प्राप्त गरेका किटमात्र सूचीकृत हुनु पर्नेछ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अनुमति प्राप्त गरेका प्रयोगशालाले मात्र एन्टिजेन परीक्षण गराउने पाउने छन् ।

सङ्क्रमणबाट १८ जनाको निधन, ६६३ पुग्यो

देशभरि कोरोना भाइरस (कोभिड—१९)को सङ्क्रमणबाट आज १८ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सङ्क्रमणबाट १८ जनाको निधन भएको जानकारी दिनुभयो । योसँगै अहिलेसम्म ६६३ जना सङ्क्रमणबाट निधन भइसकेका छन् ।

नेपालमा सङ्क्रमणमध्ये मृत्युदर ०.६ प्रतिशत रहेको छ । यस्तै मृत्यु प्रतिदश लाख (सङ्क्रमण) मा २२.७ जनामा रहेको छ । आज तीन हजार ५५६ जनामा सङ्क्रमण देखिएको थियो भने एक हजार ५०३ जना डिस्चार्ज भइ घर फर्किसकेका छन् । शून्य सङ्क्रमित भएको जिल्ला मनाङ मात्र रहेको छ । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ५०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ, सुनसरी, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौँ, भक्तपुर, चितवन, दाङ, बाँके र रुपन्देही रहेका छन् ।