भारतको नक्सामा कालापानी परेको भन्दै राप्रपा र नेमकिपाको बिरोध
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आफ्नो भुभागको रक्षा गर्न र राष्ट्रियता जस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ।
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै राप्रपाले यस्तो माग गरेको हो। विज्ञप्तीमा भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक लिम्पियाधुरा भारतमा समेटिएको भन्दै राप्रपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।
राप्रपाले नेपाली भुभाग भारतीय नक्सामा समेटिनु आपत्तिजनक र अस्विकार्य भएको विज्ञप्तीमा बताएको छ।
साथै भारत सरकारले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि भारतमा समेटिएको भन्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले बिरोध जनाएको छ ।
नेमकिपाले मंगलबार विज्ञप्ति जारी गर्दै नक्सालमा नेपाली भूमि भारतमा परेको बारे नेपाल सरकारको आधिकारिक धारणा सार्वजनिक माग गर्दै बिरोध गर्न मागसमेत गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘भारत सरकारमा बेलायती उपनिवेशवादको धङधङी कायम नै छ । नेपाली जनता भारतीय विस्तारवाद र एकाधिकार पुँजीको लगारता बिरोध गर्दैछन् ।’