२२ बैशाख २०८२, सोमबार

इ–प्लानेटको काठमाडौंमा भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला हुने

05

कोरोनाको विषम परिस्थितिलाई मध्यनजरलाई यसवर्ष असोज १६ गते शुक्रबारदेखि शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्ने भएको छ।

अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागीता रहने मेलामा नेपाल लगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीका कार्यकारी निर्देशक नयन लामिछाने बताए। उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न सक्नेछन्।

मेलावाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यता अनुसारको छात्रवृत्ती, निशुल्क आवेदन तथा अन्य बिशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए।

यस्तै कोरोना महामारीको वर्तमान परिस्थितीलाई मध्यनजर प्लानेटले अनलाइन पीटीइ क्लास, अनलाइन अब्रोड स्टडी एण्ड करियर काउन्सेलिङ, इ(प्लानेट आइक्यू एण्ड्रोइड एप्स सर्भिसेस, भर्चुअल करियर डेभेलपमेन्ट सेसन र युनिभर्सिटी इन्फरमेशन सेसनलगायतका विभिन्न अनलाईन तथा भर्चुअल सेवा दिंदै आएको कम्पनीका प्रवन्धक बुद्धिबहादुर गुरुङको भनाइ छ।

उनका अनुसार इप्लानेट भर्चुअल अस्ट्रेलियन एजुकेशन फेयरमा शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, ईटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहनेछ।

    सम्बन्धित समाचार...