२२ बैशाख २०८२, सोमबार

दश हजार हाराहारीमा पिसिआर टेस्ट, १५७३ जनामा संक्रमण पुष्टि

corona insurance

नेपालमा आज (आईतवार) १०,१२३ पिसिआर टेस्ट भएकोमा थप १,५७३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ भने १९,०१९ जनामा सक्रीय संक्रमण देखिएको छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ । हाल क्वारेन्टाइनमा ६,२८१ जना रहेका छन । पछिल्लो २४ घण्टामा ८८५ जना र आज सम्म ५३,८९८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।

प्रदेश अनुसार आईसियुमा २२५ जना उपचाररत छन जसमा प्रदेश १ मा १४, प्रदेश २ मा २१, बाग्मती प्रदेशमा १२२, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ४४ जना, कर्णाली प्रदेशमा १८ जना रहेका छन । त्यसैगरी प्रदेश अनुसार भेन्टीलेटरमा प्रदेश १ मा ३ जना, बाग्मती प्रदेशमा २६ जना र प्रदेश ५ मा ४ जना गरी जम्मा ३३ जना उपचाररत रहेका छन ।

पछिल्लो २४ घण्टामा १० जनाको निधन भएको छ । हालसम्म मृतक ४७७ जनामा कोरोना पुष्टि भएको छ।