
काठमाडौंको गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको छ ।
गोंगवु गणेशस्थानस्थित सडकमा शव टुक्राटुक्रा बनाएर सुटकेशमा फलिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीका अनुसार गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको हो ।
‘सुटकेशमा शव फेला परेको छ, रगत बगेको छ, गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि ब्लड बगेको देखेर प्रहरीलाई खबर आएको थियो’ महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले भने, ‘कालो कपडाको सुट्केश छ, फरेन्सिक डाक्टरको टोली बोलाएर हेर्दै छौँ, हामी घटनास्थलमा छौँ ।’
कालो सुटकेशमा शव र दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी केसीले बताए ।
शव फेला परेको स्थाभन्दा दुई सय मिटर पर टाउको भेटिएको छ । ‘टाउको जेब्रा झोलामा फेला परेको छ’ डिएसपी केसीले भने ।
काठमाडौं उपत्यकामा कार्यरत प्रहरीका उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान शुरु गरेको छ ।