२० कार्तिक २०८२, बुधबार

माओवादीसहित नौ दलबीच पार्टी एकता घोषणा आज

1762095334 lWSLY

काठमाडौं । नेकपा (माओवादी केन्द्र)सहित ९ वटा पार्टीहरुबीच आज वाम एकता घोषणा हुँदैछ । अहिले बिहान ११ बजे काठमाडौंको भृकुटीमण्डपमा एकता घोषणा हुन लागेको हो ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, राजु कार्कीको नेकपा समाजवादी, सुभाषराज काफ्लेको जनसमाजवादी, चिरण पुनको नेकपा, कर्णजीत बुढाथोकीको माओवादी समाजवादी, प्रेमबहादुर सिंहको नेकपा साम्यवादी र गोपाल किरातीको माओवादी कम्युनिष्ट पार्टी नेपालबीच एकता हुन लागेको हो ।

एकता घोषणापछि नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा जाने तयारी रहेको छ । एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी रहने दलहरुबीच सहमति भएको छ भने चुनाव चिह्न पाँच कुने तारा रहने छ । कार्यक्रममा एकीकृत पार्टीको संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सहसंयोजक रहने छन् ।