३ आश्विन २०८२, शुक्रबार

भदौ २३ र २४ को आन्दोलन एउटै कोणबाट हेर्नु हुन्न: प्रचण्ड

Prachanda 14.jpg 2
फाइल फोटो

काठमाडौं, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भदौ २३ को आन्दोलन वास्तविक जनजीको भएको बताएका छन्।

भदौ २३ र २४ गतेको आन्दोलनलाई फरक फरक तरिकाले बुझ्नु पर्ने भन्दै उनले अब देशले सबै लोकतन्त्रवादी, गणतन्त्रवादी, परिवर्तन प्रेमी शक्तिबीच दह्रो एकताको आवश्यकता खोजेको बताएका छन्  ।

१० औं संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले लोकतन्त्रको विकल्प अझ उन्नत लोकतन्त्र नै हुने उल्लेख गर्दै संविधान र लोकतन्त्रको रक्षामार्फत राष्ट्रको स्वतन्त्रताको रक्षा गर्नु सबै नेपालीको साझा कर्तव्य भएको बताएका छन् ।

उनले भर्खरैको जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको पनि जनाएका छन्। 

अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्न सम्पूर्ण पार्टी पङ्क्ति र जनसमुदायलाई आह्वानसमेत गरेका छन् ।

साथै, यही भदौ २३ र २४ गतेका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरमा ल्याउन सरकारसँग माग गरेका छन् । 

अध्यक्ष दाहालले भनेका छन्, ‘मलाई विश्वास छ, जेनजी आन्दोलन लोकतन्त्रविरोधी होइन, बरु यथास्थिति र तदर्थवादी शासन प्रणालीको विरोधी र उन्नत लोकतन्त्रको पक्षधर हो, त्यति हुँदाहुँदै पनि २३ र २४ भदौका आन्दोलनलाई एउटै कोणबाट हेर्न सकिँदैन, भदौ २३ को आन्दोलन वास्तविक जेनजी आन्दोलन थियो ।’

    सम्बन्धित समाचार...