१ आश्विन २०८२, बुधबार

विजयादशमीको उत्तम साइत असोज १६ गते बिहान ११:५३ बजे

dashain tika

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमीको साइत सार्वजनिक गरेको छ ।

असोज १६ गते बिहीबार बिहान ११:५३ बजे बडादशैँको टीकाको उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । यस वर्षको बडादशैँ असोज ६ गतेदेखि सुरू हुँदैछ । असोज ६ गते बिहान ०९:१३ बजे घटस्थापनाको शुभ साइत रहेको उहाँले सुनाउनुभयो ।

असोज १३ गते सोमबार फूलपाती, असोज १४ गते मङ्गलबार महाअष्टमी र कालरात्रि परेको समितिले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । असोज १५ गते बुधबार महानवमी र असोज १६ गते बिहीबार विजयादशमी परेको छ ।

असोज २० गते सोमबार सबै बलि दिइसक्नुपर्ने (अखिलबलिपूर्ति) र त्यसै दिन कोजाग्रत पूर्णिमा परेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।

२०८२ सालको विजयादशमीका शुभसाइत:

१- वि.सं. २०८२ साल असोज ६ गते सोमवार- नवरात्रारम्भ, घटस्थापना बिहान ९: १३ बजे ।

२. वि.सं. २०८२ साल असोज ७ गते मङ्गलवार- झण्डा फेर्ने, बिहान ९: ५३ बजे (पूर्व मोहडा) ।

३- वि.सं. २०८२ साल असोज ११ गते शनिवार – श्रीपचलीभैरव यात्रा ।

४- वि.सं. २०८२ साल असोज १३ गते सोमवार- फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७: १७ बजे ।

५- वि.सं. २०८२ साल असोज १४ गते मङ्गलवार – महाष्टमी, कालरात्रि ।

६- वि.सं. २०८२ साल असोज १५ गते बुधवार- महानवमी स्थिरासन बिहान ९: २३ बजे ।

७- वि.सं. २०८२ साल असोज १६ गते बिहीवार – विजया दशमी, देवी विसर्जन, बिहान ९: २३ बजे । टीका बिहान ११: ५३ बजे (पूर्व मोहडा) (टीका लगाइमाग्ने पूर्व फर्किने) । श्री तुलजाभवानी यात्रा, दिवा १२: १९ बजे । स्थिरासन दिवा १: १७ बजे, खड्गयात्रा ।

८- वि.सं. २०८२ साल असोज २० गते सोमवार – अखिलबलिपूर्ति । वि.सं. २०८२ साल असोज २० गते सोमवार कोजाग्रतव्रत, पूर्णिमाव्रत ।

dashain 1

    सम्बन्धित समाचार...