
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।
राष्ट्रपतिले आज राति राष्ट्रपति भवन शीतल निवासमा ९ बजे नयाँ प्रधानमन्त्री सुशीला कार्कीलाई शपथ गराउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरलेलले बताए ।
उनले शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएकाे छ । बैठकले संकटकालकाे सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पाैडेलले अनुमाेदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयाेग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन हुने स्राेतले जनाएकाे छ ।
अन्तरिम प्रधानमन्त्री सँगै अन्य कम्तिमा दुई मन्त्रीको सपथग्रहण हुने भएको छ । एकजना जेनजीको प्रतिनिधि बालेन शाहका सल्लाहकार समेत मन्त्री हुनेछन् ।
प्रधानमन्त्री नियुक्त पछि संसद् बैठक बोलाउने सहमति भएको छ एक शीर्ष नेताले भने ।