२७ भाद्र २०८२, शुक्रबार

जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

gen z

काठमाडौं। सोमबारको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।

काठमाडौंको सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भेरी अस्पताल, एभरेष्ट अस्पताल, फ्रन्टलाइन अस्पताल, केएमसी अस्पताल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, बयोधा अस्पताल, रामेछाप अस्पताल, बीएनसी अस्पताल, त्रिवि शिक्षण अस्पताल, इलाम अस्पताललगायतमा उपचाररत घाइतेको मृत्यु भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए ।

बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।

यस्तै, प्रदर्शनबाट मृत्यु भएका शवको पोस्टमार्टम सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए ।

हालसम्म विभागमा ३६ वटा शव पुगेका छन् । जसमध्ये एक जनाको परिचय खुल्न सकेको छैन ।

    सम्बन्धित समाचार...