२७ भाद्र २०८२, शुक्रबार

मलाई धेरै नगिज्याऊ- हर्क साम्पाङ

harka
फाइल फोटो

काठमाडौँ । नयाँ सरकारको प्रधानमन्त्री दाबि गरिरहेका धरान उपमहानगरका मेयर हर्क साम्पाङ आफुलाई धेरै नगिज्याउन आग्रह गरेका छन् ।

उनले विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने आफु एक जना मात्रै सच्चा नेपाली भएको भन्दै आफुलाई धेरै नगिज्याउन आग्रह गरेका हुन् ।

उनले भनेका छन्-

धेरै मलाई नगिज्याऊ ! यो विषम परिस्थितिमा भीरबाट खसेको गाडी जस्तै चकनाचूर भएको देश जिम्मा लिन्छु भनेर खुलेरै आउने एक जना मात्रै सच्चा नेपाली हुँ म ! तिम्ले मान नमान तर यो देशको अभिभावक हुँ म ! घमण्डी भन या जे भन ! मलाई गिज्याउने तिमेरुकै कारण यहाँ देश यस्तो बन्यो !

    सम्बन्धित समाचार...