२७ भाद्र २०८२, शुक्रबार

मध्यरातसम्म राष्ट्रपति सघन छलफलमाः सुशीलाकाे नाममा सहमति, संसद विघटनबारे विवाद

sushila karki

काठमाडौं । अहिलेको राजनीतिक गतिरोधको अन्त्यको लागि राष्ट्रपति रामचन्द्र पौडेलले निर्णायक पहल लिएका छन् । जेन जीले अघि सारेकी पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई नै अन्तरिमक सरकारको नेतृत्वमा ल्याउनेगरि राष्ट्रपति पौडेलले हिजो साँझबाट निर्णायक पहलकदमी लिएका हुन् ।

राष्ट्रपति पौडेलले शितलनिवासमा नै बसेर राजनीति गतिरोध अन्त्यको लागि पहल गरिरहेका छन् । यतिवेला शितलनिवासमा सुशिला कार्की र प्रधान सेनापति अशोकराज सिग्देलसँग संयुक्त छलफल गरिरहेका छन् । जेन जीले संसद् विघटन हुनुपर्छ भनेको छ । तर, राष्ट्रपति पौडेलले संसद् विघटन गर्न नहुने मत राखेका छन् ।

राजनीतिक दलका नेता, बुद्धिजिवी, नागरिक समाजका अगुवाई, नागरिक आन्दोलन सबैले संविधानभित्रैबाट निकास खोज्न भनेका छन् । सुशिला कार्कीलाई अघि अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने विषयमा शितलनिवासमा सहमति जुटिसकेको छ । तर, संसद् राखेर नै बनाउने वा संसद विघटन गरेर भन्ने विषयमा सहमति हुन नसकेको बताईन्छ । यसअघि विहीबारमात्रै पनि राष्ट्रपति पौडेलले संविधानविद् डा. भीमार्जुन आचार्यसँग विशेष छलफल गरेको बताईन्छ ।

थप कुनै ‘चलखेल’ र अड्चन नआए शुक्रबार देशले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको नागरिक सरकार पाउनेछ ।

    सम्बन्धित समाचार...