२६ भाद्र २०८२, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेल शीतलनिवासमै

ramchandra poudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल शीतानिवासमै रहेको खुलेको छ ।

नयाँ सरकार गठनको तयारी हुँदैगर्दा राष्ट्रपति पौडेल कहाँ छन् र के हुँदैछ भन्ने चासो सबैतिर बढेको छ ।

केही समयअघि राष्ट्रपतिका प्रेस सल्लाहकार खिला कार्कीले शीतल निवास आन्दोलनकारीले जलाइदिएपछि उनी भद्रकालीस्थित नेपाली सेनाको हेडक्वाटरमा सेनाकै सुरक्षामा रहेको पुष्टि गरेका थिए ।

हालै मिलेको प्राप्त सूचना अनुसार राष्ट्रपति पौडेल र प्रधानसेनापति र विज्ञसहित छलफल गरिरहेका बताइएको छ । यसबीच, उनले केही विज्ञसहितसँग शीतलनिवासमै बसेर छलफल गरेको स्रोतले बताएको छ ।

राष्ट्रपति पौडेलले आज एक सन्देश जारी गर्दै संविधानसम्मत तरिकाले समस्याको समाधान गर्न आफू संवादमा रहेको बताएका थिए ।