
फाइल फोटो
काठमाडौं । रवि लामिछाने नेतृत्वको रास्वपाको तात्कालिक प्रस्ताव सार्वजनिक भएको छ । रास्वपाको तर्फबाट कार्यवाहक सभापति डोल प्रसाद अर्यालले आज साँझ विज्ञप्ती जारी गर्दै सुशासनको पक्षमा निर्णायक हस्तक्षेप गर्न सफल जेन-जी पुस्तासहितको अनिवार्य सहभागितामा सर्वपक्षीय सहमतिबाट प्रधानमन्त्रीका लागि प्रस्तावित उम्मेद्वारप्रति रास्वपाको समर्थन रहने जनाईएको छ ।
रास्वपाले नेपालको संविधानको मूल मर्म, संघीय गणतान्त्रिक शासन व्यवस्था, रास्वपाको राजनीतिक प्रस्तावना, विधिको शासन, नागरिक सर्वोच्चता, बहुलवाद र मौलिक हकको प्रत्याभूतिजस्ता आधारभूत लोकतान्त्रिक मूल्य र मान्यतामा रास्वपाले कसैसँग कहिल्यै सम्झौता नगर्ने स्पष्ट पारेको छ ।
यस्तो छ विज्ञप्ती
