१६ कार्तिक २०८२, शनिबार

हर्क साम्पाङले भने – आर्मी चीफले सुशीला कार्कीको नाम लिनुभयो, म एक जनाले असहमति जनाएर के हुन्छ र ?

Harka 1757518105

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नेपाली सेनाले आफूसँग पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीबारे चर्चा गरेको दाबी गरेका छन्।

बुधबार साँझ सैनिक मुख्यालय पुगेका मेयर साम्पाङले सेनापति प्रभुराम शर्मा (सिग्देल) सँग भेट गरेका थिए। भेटपछि पत्रकारहरूसँग कुरा गर्दै उनले सेनापति सँगको छलफलमा सुशीला कार्कीको नाम समेत आएको जानकारी दिए।

“हजारौँले काठमाडौं आउनु पर्छ भनेपछि आएको हुँ। आर्मी चिफसँग पनि कुरा भयो,” साम्पाङले भने, “उहाँहरूले पहिल्यै छलफल गरिसक्नु भएछ। सुशीला कार्कीलाई अगाडि बढाउने विषय आएको रहेछ।”

पत्रकारहरूले सोधेको प्रश्नमा साम्पाङले आफू सहमत वा असहमत भएको प्रसंगमा भने प्रष्ट पार्न चाहेनन्। उनले प्रतिप्रश्न गर्दै भने, “सहमति गर्ने म को हो र ? मैले मात्र असहमति गरेर के हुन्छ र ?”

यसअघि पनि साम्पाङ विभिन्न राजनीतिक र सामाजिक मुद्दामा सार्वजनिक रूपमा मुखर रहेका छन्। तर, सेनासँग भएको यो भेटवार्ताले थप नयाँ राजनीतिक चर्चा पैदा गरेको छ।

    सम्बन्धित समाचार...