
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले सरकारले भिजिट भिसा प्रकरणमा गठन गरेको छानबिन समिति अस्विकार्य भएको बताएका छन् । उनले छानबिन समितिका अध्यक्ष शंकरदास बैरागी स्वयम सक्षम निकायहरुको रडामा रहेको भन्दै बैरागीबाट सत्य, तथ्य छानबिन नहुने दाबी गरे ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद वाग्लेले भने,‘भिजिट भिसााको दुरूपयोग गरि मच्चाईएको लुट, संगठित अपराध, सम्पत्ति शुद्धीकरण र मानव तस्करीबारे यो अलोकप्रिय सरकारले यस्तै अनुमानयोगइ काम गर्ला भन्ने हामीलाई पूर्वाभाष थियो । र, क्याविनेट चल्दाचल्दै हामो प्रवक्ताले शंकरदास किन तीर्थ भट्टराईकै अध्इक्षतमा सुनपानी छर्कने यो समिति बनाए भइहाल्यो नि भनेर भन्नुभएको थियो । गृहमन्त्रीको कुरा शालिनतापूर्वक हामीले सुन्यौं उहाँले ब्यूरोक्र्याटिक सोलुसन लिएर आउनुभयो । सहजीकरण गर्ने, सजिलो गरिनेछ । उहाँले नियमित गरिने कामहरु म फेरि गर्छु भनेर प्रतिबद्धता जनाउनुभएको छ । यो समस्या गम्भीर कुशासन र राजनीतिक प्रकृतिको छ । यहाँ लुटको कुरा छ । संगठित भ्रष्टाचार र मानव तस्करीको कुरा छ ।’
उनले शंकरदास बैरागीप्रति आफ्नो कुनै व्यक्तिगत आग्रह वा पूर्वाग्रह नरहेको बताए । उनले भने,‘त्यसैले यो शंकरदासप्रति मेरो कुनै व्यक्तिगत आग्रह छैन् । तर, विगत १० वर्षदेखि उहाँ स्थायी सत्ताको प्रिय पात्र हुनुहुन्छ । ७ वर्ष परराष्ट्रसचिव बन्नुभयो । तीन वर्ष मुख्यसचिव बन्नुभयो । मुख्यसचिवबाट रहस्यमय ढंगबाट राष्ट्रिय सुरक्षा सल्लाहकार बन्नुहुन्छ । एक/दुई दिनमा निवृत्त हुन लागेका अर्का मुख्यसचिव आउनुहुन्छ, र त्यो पिरियडमा १०औं करोड र अरबौंको टेलिकम माफियाद्धारा रचिएको घोटाला भएका छन् । बैरागी अहिलेका निगाहप्राप्त नेताहरुको गुडबुक्समा रहनुपर्ने, स्वार्थको द्वन्द्वबाट जेलिएका पात्र हुनुहुन्छ । उहाँले यो जिम्मेवारी लिनुहुन्न भन्ने हाम्रो पार्टीको मत छ । उहाँ स्वयम सक्षम निकायहरुको रडारमा हुनुहुन्छ । त्यस्तो व्यक्तिले कसको छानबिन गर्ने ?’
वाग्लेले यो प्रकरणमा ण्गृहमन्त्री रमेश लेखक स्वयम सन्देहको घेरामा रहेको दाबी गरे । उनले भने,‘यहाँ गृहमन्त्रीजी स्वयम सन्देहको घेरामा हुनुहुन्छ । हाम्रो पार्टीले के निश्कर्ष निकालेको छ व्यक्तिगत रुपमा मेरो आग्रह छैन । उहाँ मैले पनि मन पराएको नेता हो । तर, यो प्रकरणमा उहाँको परोक्ष संलग्नता र प्रत्यक्ष संरक्षण देखिएको छ । गृहमन्त्रीले गर्वको साथ मेरै प्रस्तावमा यो समिति बनाएँ भन्नुभयो अब के आरोपीले नै आँफै छानिबन समति बनाउँदै जाने हो ? यस्तो सिस्टममा गयौं हामी ? यो गलत छ । यही हुन्छ भन्ने हामीलाई तीन हप्ताअघि थाहा थियो । हामी नयाँ हौं, तर बेवकुफ होईनौं । संसदीय छानबिन समिति बनाउनुपर्छ जसले नीतिगत र प्रणालीगत सुधारमा गहिरो काम गरोस भन्ने हो । वा, अर्को भनेको जाँचबुझ आयोग ऐन २०२६ अन्तर्गत बहालवाला वा पूर्व न्यायाधीशको संयोजकमा छानबिन समिति बनाउने भनेका हौं ।’ भिजिट भिसा प्रकरणमा अनुसन्धानमा तानिएका सहसचिव तीर्थराज भट्टराई त गृहमन्त्री लेखकको मर्निङ वाक गर्ने पार्टनर भएको पनि वाग्लेको आरोप छ ।