१९ बैशाख २०८२, शुक्रबार

कति छ एनपीएलमा पुरस्कार रकम ?

npl cricket

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार रकम सार्बजनिक गरेको छ ।

एनपीएलमा कुल २ करोड एक लाख पुरस्कार रकम दिने भएको छ ।

जस अनुसार एनपीएलको विजेताले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । त्यस्तै उपविजेताले ५१ लाख पुरस्कार पाउने भएको छ । त्यस्तै तेस्रो हुनेले २५ लाख र चौथो हुनेले १५ लाख पुरस्कार पाउने भएको छ ।

अब यी पुरस्कार रकम चार फ्रेन्चाईजी सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले पाउने छन् ।