२० बैशाख २०८२, शनिबार

झाँक्री प्रकाश भुजेल ५२ लाख दिन सहमत भएपछि नगरकोटी दम्पत्तिको शव उठाईंदै

Prakash Bhujel

झाँक्री प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट ज्यान गुमाएका दुई जनाको शव आज परिवारले बुझ्ने भएका छन् । झाँक्री भुजेलले मृततको परिवारलाई एकमुष्ट ५२ लाख दिन सहमत भएपछि परिवारले शव बुझ्न लागेका हुन् ।

गत बुधबार दिउँसो काठमाडौंको थलीबाट साँखुतर्फ आउँदै गरेको प्रकाश भुजेलले चलाएको बा १९ च २६९५ नम्बरको कारले सोही दिशातर्फ आउँदै बा प्र ०२–०१८ प ६८७५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो। सो दुर्घटनामा परेर कागेश्वरी मनोहरा नगरपालिकाका नारायण नगरकोटी र उनकी श्रीमती कृष्णीमायाको ज्यान गएको थियो ।

कार दुर्घटना गराएर झाँक्री फरार भएका थिए । पछि प्रहरीमा उनले आत्मसर्मपण गरेका थिए । दुर्घटनापछि बुधबार दिउँसो जोरपाटी क्षेत्रबाट पक्राउ परेका भुजेलको साथमा लाइसेन्स नभेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । झाँक्री अहिले प्रहरी वृत्त बौद्धको हिरासतमा छन् । उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

पहिला मृतक परिवारले प्रतिव्यक्ति ५० लाखका दरले एक करोड माग गरेको थियो । निरन्तरको वार्ता र स्थानीय जनप्रतिनिधिहरूको मध्यस्थतापछि आइतबार ५२ लाखमा सहमति भएको प्रहरी स्रोतले जनायो ।

    सम्बन्धित समाचार...