
दोलखाको भीमेश्वर-८ बोचमा यात्रु बस दुर्घटना हुँदा १५ जना भन्दाबढी घाइते भइएका छन् ।
काठमाडौंबाट ओखलढुङगाको सिद्विचरण नगरपालिकाको गाम्नाङटार जाँदै गरेको यात्रु बस लामोसाँघु-जरी सडकखण्डअन्तर्गत दोलखाको भीमेश्वर-८ बोचमा दुर्घटना भएको हो ।
प्रदेश ३-०१-००६ ख ०६३६ नम्बरको बस अनियन्त्रित भएर सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उद्धार गरेर चरिकोट ल्याइएको छ ।
घाइतेको चरिकोटस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।