२१ बैशाख २०८२, आईतवार

छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्चद्धारा अस्वीकार

Chhabilal Joshi Former AIG

सहकारी ठगी प्रकरणमा पक्राउ परेर कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

आइतबार जोशीको हकमा उनका छोरा तथा अधिवक्ता रोचक जोशीले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए । सो निवेदनमाथि आज सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजालसले थुनामुक्त गर्न अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ । सहकारी ठगीमा पक्राउ परेका जोशीलाई जिल्ला अदालतले पहिलोपटक ५ दिन र दोस्रो पटक ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप छ । आइतबार पक्राउ परेका उनी गोरखा मिडिया नेटवर्कमा रवि लामिछाने र जीबी राईसँगै पार्टनर थिए ।

    सम्बन्धित समाचार...