३० बैशाख २०८२, मंगलवार

विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रु बस सप्तकोशीमा खस्यो, सबै यात्रुको उद्धार

1000004476

विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रु बोकेको बस सप्तकोशी नदीमा खसेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेज पुलको सप्तरीतर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस सप्तकोशी नदीमा खसेको सुनसरीका सशस्त्र उपरिक्षक सेमानन्द बज्राचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा रहेका २६ जना यात्रुमध्ये सबैको उद्धार गरिएको छ । बस विराटनगरबाट उदयपुरको गाइघाट जाँदै गरेको थियो ।

अनियन्त्रित भएर पुलको बार भत्काउँदै उक्त बस नदीमा खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार...