२१ बैशाख २०८२, आईतवार

पाँच दिने भारत भ्रमणका लागि परराष्ट्रमन्त्री राणा नयाँ दिल्ली जाँदै

arju rana
फाइल फोटो

परराष्ट्रमन्त्री आरजु राणा ‘देउवा’ आज भारतको राजधानी नयाँ दिल्ली जाने भएकी छन्।

भारतीय समकक्षीको निमन्त्रणामा परराष्ट्रमन्त्री राणा पाँच दिने भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली जान लागेकी हुन्।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणमा परराष्ट्रमन्त्री राणाले भदौ २ देखि भदौ ६ गतेसम्म भारत भ्रमण गर्ने जानकारी गराएको छ ।

भ्रमणका क्रममा भारतीय विदेशमन्त्री जयशंकरसँग दुई पक्षीय हित र नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

उच्च तहको नियमित भ्रमण आदान प्रदानले नेपाल र भातबीचको वर्षौ पुरानो द्विपक्षीय सम्बन्ध अझ गाढा हुँदै जाने मन्त्रालयको विश्वास छ । परराष्ट्रमन्त्री राणा बिहीबार स्वदेश फर्किने कार्यक्रम छ ।

image 8

    सम्बन्धित समाचार...