२२ बैशाख २०८२, सोमबार

आजको मौसम पूर्वानुमान: ‘रेमल’ चक्रवातको आंशिक प्रभाव

mausam weather

हाल कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो, कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति, कोशी प्रदेश लगायत पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका थोरै स्थानमा साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ । आज धनगढीमा अधिकतम ४२ डिग्री तापक्रम पुग्ने अनुमान छ भने नेपालगञ्जमा ४१ दशमलब ७ डिग्री तापमान पुग्ने महाशाखाको अनुमान छ । मधेश प्रदेश र कोशी प्रदेशका तराई क्षेत्रमा पनि अधिकतम तापक्रम ३५ डिग्रीभन्दा माथि पुग्ने अनुमान छ ।

    सम्बन्धित समाचार...