६ जेष्ठ २०८१, आईतवार

बद्री न्यौपानेलाई आजपाले पार्टीको सबै जिम्मेवारीबाट हटायो

badri
फाइल फोटो

प्रभु साह नेतृत्वको आम जनता पार्टीले विदेश अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकोले बद्री प्रसाद न्यौपानेलाई निर्दोष सावित नहुँदासम्मको लागि पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।

पार्टीको यही मंसिर ११ र १२ गते पार्टी मुख्यालय, कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय लिएको प्रवक्ता चन्द्र भुषण साहले जानकारी दिएका छन् । न्यौपाने यसअघि पार्टीको बरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए ।

यस्तै, पार्टीले विभिन्न संघर्षका कार्यक्रमसमेत घोषणा गरेको छ । जनतालाई धोका दिने पार्टी र जनप्रतिनिधिहरुबाट मत फिर्ता अभियान सञ्चालन गर्ने, विदेशी नागरिकता लिएकाहरुको सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने, भ्रष्टाचारीलाई जनकारबाही गर्ने, गौर हत्याकाण्डलगायतका हत्याराहरुलाई समातेर बुझाउने घोषणा गरेको छ ।

यस्तै, बैठकले जनसरोकारका विभिन्न मुद्दाहरुमा पार्टीका विभिन्न जनसंगठनहरुलाई संघर्ष अघि बढाउनेगरि जिम्मेवारी पनि तोकेको छ । भन्सारको विषयमा आम सम्पर्क मञ्च, वैदेशिक रोजगार पीडितको विषयमा आईटी आर्मी, बैंकिङ लुट तथा कर्जाको विषयमा आम किसान मोर्चा, आवासको विषयमा आम दलित मोर्चा, मदरसा शिक्षाको विषयमा आम मुस्लिम मोर्चा र यातायात भाडा सहुलियताको विषयमा आम विद्यार्थी मोर्चालाई जिम्मेवारी तोकेको छ ।

    सम्बन्धित समाचार...