२१ बैशाख २०८२, आईतवार

बगान’ कलेक्शनः बक्स अफिसमा ३९ लाख, निर्माता भन्छन् ७० लाख

3

गत शुक्रबार अर्थात असार २९ देखि प्रर्दशनमा आएको अभिनेता सरोज खनाल निर्देशित फिल्म ‘बगान’ले शुरुवातमा कमजोर ओपनिङ गरेको थियो ।

फिल्म रिलिज भएको दिनदेखि नै यसको निर्माणपक्ष र कलाकारहरु हल हलमा पुगिरहेका थिए । त्यसबेला हलबाट सार्वजनिक भएका तस्विरमा हल भित्र दर्शकको उपस्थिती कतै भरिभराउ देखिन्थ्यो । तर, केही हलका एकाध शोमा मात्र फिल्मले दर्शकको सुखद साथ पाएको देखिन्थ्यो । जस अनुसार फिल्मको ओपनिङ कलेक्शन कमजोर थियो ।

सुरेश वाग्लेको निर्माणमा तयार भएको यो फिल्मले १० दिनमा ६९ लाख ७८ हजार एक सय ९१ रुपैयाँ कमाइ गरेको विवरण सार्वजनिक गरेका छन् । निर्माता वाग्लेले वितरक कम्पनीहरू रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले प्रत्येक दिन उपलब्ध गराएको व्यापारिक आँकडा अनुसार यो फिल्मले ६९,७८,१९१।–(उन्सत्तरी लाख अठहत्तर हजार एक सय एकानब्बे रुपैयाँ) ग्रस कलेक्शन गरेको बताएका छन् ।

फिल्म निर्माण टिमले सामाजिक संजालमा १० दिनको कमाइ सार्वजनिक गर्दै लेखेको छ, ‘हामीलाई वितरकहरु रिच इन्टरटेनमेन्ट, डिसिएन र एफडीले दिएको जानकारी अनुसार ६९ लाख कलेक्सन भएको जानकारी गराउँछौं ।’ असार २९ बाट प्रदर्शनमा आएको ‘बगान’ले बक्स अफिसमा औसत ओपनिङ गरेको थियो ।

चलचित्र विकास बोर्ड सदस्य रवि अधिकारीका अनुसार फिल्मले ३९ लाख नेट कमाई गरेको छ । तर, ‘बगान’ले पहिलो हप्ता मल्टीप्लेक्सहरुमा पाएको शोज दोस्रो हप्तासम्म आइपुग्दा ठूलो मात्रामा गुमाइसकेको छ । जसले गर्दा अब व्यापारमा ठूलो सुधारको सम्भावना भने कम देखिन्छ । यद्यपि, निर्माता र वितरकको कुरा सुन्ने हो भने बगान’ फेसबुकमा हिट भएको छ, भने हलमा कमजोर रहेको बुझिन्छ ।

तर, बक्स अफिसकै डाटालाई हेर्ने हो भने लगभग २७ लाख हाराहारीमा ग्रस कलेक्शन गरेको स्रोत बताउछ ।

अभिनेता सरोज खनालको डेब्यू निर्देशनमा तयार भएको फिल्ममा उनी स्वयंको अभिनय छ भने अभिनेत्री करिश्मा मानन्धरले एकल महिलाको भूमिकामा अभिनय गरेकी छन् । उनको छोरीको भूमिकामा प्रमिला कार्की छिन् । फिल्ममा निर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल लगायतका कलाकारको पनि अभिनय छ ।

फिल्मले महिला सशक्तिकरण र एकल महिलाहरुको कथा भन्छ । आमाको पुनर्विवाह गराउन छोरीले गर्ने संघर्षमा फिल्म केन्द्रित छ । एकल महिलाहरुको बिहेको आवाज उठाउने यो फिल्मलाई सरोजले कमर्सियल पाटोबाट भन्दा पनि सन्देशमुलम पाटोबाट निर्देशन गरेका छन् ।

362907693 630283439071934 4535021315894096061 n

    सम्बन्धित समाचार...