२१ बैशाख २०८२, आईतवार

बजेट पास हुँदैन, अध्यक्षलाई पनि भनेको छु भोट हाले तपाईं एक्लै हाल्नुस् : एस उपाध्यक्ष पाण्डे

rajendr pande
फाइल फोटो

नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बजेट पास नहुने र बजेट पास हुन दिन भोट हाल्नुपर्ने भए अध्यक्ष माधवकुमार नेपाललाई एक्लै हाल्न भनेको बताएका छन्।

गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा आइतबार बोल्दै उनले बजेट पास नहुने र बजेट पास हुन दिन भोट हाल्नुपर्ने भए अध्यक्ष माधवकुमार नेपाललाई एक्लै हाल्न भनेको बताएका हुन्।

उनले सरकारले पैसा नभएको, पुँजीगत खर्च कम भएको भनेर बताएको र राष्ट्रिय गौरवका आयोजनाहरू बाहेक अन्य ठाउँहरूमा पैसा प्रयोग नगर्ने भनेको भए दुई दिनमै संसदमा बजेटको बारेमा छलफल सकिने बताएका छन्।

उनले भने, ‘यही अवस्थामा यो बजेट पास हुँदैन। मैले आफ्नो पार्टीको अध्यक्ष माधवकुमार नेपाललाई पनि सँगै लगेर भनेको छु, भोट हाले तपाईं एक्लै हाल्नुस्, हामी हाल्दैनौं भनेको छु।’

    सम्बन्धित समाचार...