३ जेष्ठ २०८२, शुक्रबार

होमस्टे प्रवर्धन गर्न राइड

2

पर्यटन संस्कृतिका लागि महत्वपूर्ण मानिएका होमस्टेको प्रवद्र्धनका लागि बाइक राइड गरिएको छ । रेभ्ज मोटरको आयोजनामा भएको रेभ अप अन होमस्टेज शीर्षकको कार्यक्रममा राइडरहरू विभिन्न जिल्लाका मुख्य मुख्य ठाउँमा पुग्ने कार्यक्रम रहेको ।

सोमबार होमस्टे प्रवद्र्धनका लागि यात्रामा निस्किएका युवालाई नेपाल टुरिजम बोर्डका उपाध्यक्ष चन्द्र रिजालले विदा गरेका गरेका थिए । सोअघि रिबन काटेर बाइक स्टार्ट गर्दै यात्राको शुभारम्भ भएको जनाउ दिएका रिजालले कोभिड १९ पछि पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने धारणा राखेका थिए ।

‘तपाईँहरु जस्तो युवाले स्थानीय पर्यटनको प्रवद्धन गर्नु हाम्रो लागि पनि गर्वको विषय हो । जसरी आज सगरमाथा दिवसको महत्व छ, आगामी वर्षहरुमा यो राइडको पनि महत्व हुन्छ भन्‍ने लाग्छ अपेक्षा गर्दछु । यो किसिमको यात्राले स्थानीय उत्पादनको बजारीकरणमा पनि पक्कै टेवा पुग्नेछ, रिजालको भनाइ थियो ।

आयोजक निश्चल नेपालले युवाहरुमा सँस्कृति र मौलिकताको जानकारी गराउन राइडको कार्यक्रम गरेको जानकारी गराएका थिए । उनले साहसिक पर्यटनका लागि हिमाल नै पुग्नु पर्छ भन्ने छैन भन्‍ने कुरा बुझाउन पनि राइड उपयोगी हुने बताएका थिए । हामी जस्ता युवाहरु होमस्टेको प्रवर्धनमा लाग्दा हाम्रो गाउँ ठाउँ र रहन सहन बुझ्न सकिन्छ, नेपालको भनाइ छ ।
सोमबार काठमाडौँबाट सुरु भएको यात्रा ५ जिल्लामा रहेका होमस्टे भ्रमणसँगै सकिनेछ । यसमा

राइडरले लम्जुङको राईनासकोट, कास्कीको ल्वाङ, स्याङग्जाको सिरुवारी पाल्पाको गुम्बु र चितवनको मेघौलीमा पुगेर प्रवर्द्धनका कार्यक्रम गर्नेछन् । होम स्टे बसाइका क्रममा विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने र स्थानीय परिकारको स्वाद लिने पनि कार्यक्रम रहेको छ ।

4
3

    सम्बन्धित समाचार...