
सरकारले २० वटा संस्थाहरू खारेज गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले २० वटा सरकारी संस्थाहरू खारेज गरेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले सो जानकारी गराएका हुन् ।
उनले भने, ‘सरकारको स्थाई कार्यसंरचनासँग दोहोरो कार्यक्षेत्र परेका, औचित्य समाप्त भएका र परिवर्तित सन्दर्भमा आवश्यक नरहेका २० ओटा संस्थाहरू खारेज गरेको छु ।’
उनले उस्तै प्रकृतिका कार्यक्षेत्र रहेका निकायहरूलाई एक अर्कामा गाभिने पनि बताए । यसरी खारेज भएका निकायहरूको सम्पत्ति तथा दायित्व व्यवस्थापनको कार्य सम्बन्धित मन्त्रालयले मंसिर मसान्तभित्र सम्पन्न गर्नुपर्ने पनि उनले बताए ।