
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी विन्दवासिनी कंशाकारले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सांसद कंशाकारलाई शपथ खुवाएका हुन् ।
मन्त्री बन्न घुस मागेको अडियो सार्वजनिक भएसँगै कारबाहीमा परेका सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा रास्वपाले कंशाकारलाई सांसदका लागि निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
पार्टीको सिफारिसपछि वैशाख २४ गते आयोगले कंसाकारलाई सांसद पदको प्रमाणपत्र दिइसकेको थियो ।
आयोगले कंशाकारलाई सांसदमा नियुक्त गरेको पत्र संसद् सचिवालयमा पठाइसकेको थियो ।