२१ बैशाख २०८२, आईतवार

प्रधानमन्त्रीसँग भेटपछि ओलीले भने- फिल्मकाे रिल तयार भएको छैन रे

oli kp
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आज संवैधानिक परिषदको बैठकपछि उनीहरुबीच छुट्टै भेटवार्ता भएको हो ।

बैठकपछि सञ्चारकर्मीले फिल्म तयार भयो त भनि सोधेको जिज्ञासामा अध्यक्ष ओलीले रिल तयार नभएको भन्ने जवाफ दिएका छन् । उनले भने, ‘रिल तयार भएको छैन रे !’

यसअघि ओलीले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टलाई जोगाउने र प्रतिपक्षीहरुलाई मुद्दामा फसाउने खेलमा रहेको टिप्पणी गरेका थिए । उनले ट्रेलर मात्र नभएर सिनेमा नै देखाउन प्रचण्डलाई चुनौती दिएका थिए ।