
हाल देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव छ।
आज देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति कोशी, मधेस र वाग्मती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
भोलि (आइतबार) पहाडी भू-भागका केही स्थानहरू तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
सोमबार मधेस र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यस्तै देशका धेरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै राति मधेस प्रदेशको एक-दुई स्थानमा मेघगर्जन / चट्याङसहित भारी वर्षा हुने महाशाखाले जनाएको छ।