२२ बैशाख २०८२, सोमबार

अस्पतालको बेडमा रहेका कांग्रेस नेता भण्डारीले गुमाए आमा

330822514 967978124610812 5763847054005380843 n167651159016765249301676526976

ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी कांग्रेस सांसद डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा ८७ वर्षीया आमा हरिकलाको पौने ११ बजे निधन भएको हो ।

आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ ।

गएराति बुद्धनगरस्थित घरमा ग्यास विस्फोट भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको बताइएको छ ।

    सम्बन्धित समाचार...