२४ बैशाख २०८२, बुधबार

नवनियुक्त तीन कुलपतिले लिए शपथ

KulapatiShapat 1676518222

नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार बिहान बालुबाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालले नवनियुक्त तीन जना कुलपतिहरुलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन् ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त निशा शर्मा, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त भूपाल राई, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपतिमा नियुक्त नारदमणी हार्तम्छालीले शपथ लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस अवसरमा प्रधानमन्त्रीले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

    सम्बन्धित समाचार...