
फाइल फोटो
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक आह्वान गरेका छन्।
आज बिहान ९ बजेका लागि प्रधानमन्त्री दाहालले सबै दलका सचेतकहरूलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
संसद्लाई कसरी प्रभावकारी बनाउने र सरकारले दिनुपर्ने बिजनेसलगायत बारेमा दलको आधिकारिक राय लिनका प्रधानमन्त्रीले बैठक आह्वान गरेका हुन् ।
संसद्मा सांसदहरूको भूमिकामात्र नभई राष्ट्रियसभा उपाध्यक्ष, राष्ट्रपति निर्वाचन र समसामयिक राजनीतिबारे पनि छलफल हुनेछ ।